मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

न्यूजस्टोरी

काठमाडौं, १९ असार । पत्रकार दिलभूषण पाठकलाई साइबर क्राइमको मुद्दामा २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ।

न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार उक्त आदेश दिएको हो।

पाठक बिहीबार नै जिल्ला अदालतमा उपस्थित भएपछि उनको बयान लिएर थुनछेक बहस सम्पन्न भएको थियो।

नेपाल प्रहरीको साइबर ब्युरोले पाठकले युट्युबमार्फत प्रसारण गरेको सामग्रीमाथि अनुसन्धान गरेको थियो। उक्त सामग्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको हिल्टन तारे होटलमा लगानी रहेको तथा अस्ट्रेलिया, क्यानडा र दुबईमा समेत लगानी रहेको दाबी गरिएको थियो।

प्रहरीले उक्त भिडियो, स्क्रिनसट र कागजातहरू अभियोग पत्रसहित अदालतमा पेस गरेको छ। यद्यपि, उच्च अदालत पाटनको अन्तरिम आदेशले पाठकलाई पक्राउ गर्न रोक लगाएको कारण उनको बयान नलिई अभियोग पत्र दायर गरिएको थियो।