मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक हप्ता भित्र पर्सा प्रहरीका एसपी गौतम मिश्र र क्राइम ब्रान्चको अपरेशन शुरु

एक हप्ता भित्र पर्सा प्रहरीका एसपी गौतम मिश्र र क्राइम ब्रान्चको अपरेशन शुरु

न्यूजस्टोरी

लागु औषध, हुण्डी र औषधी कारोवारी गर्ने धमाधम प्रहरी नियन्त्रणमा
शेखर छत्कुली
वीरगत्तज, १८ असार । पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागू औषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ ।
वीरगन्जको परवानीपुर सडक खण्डबाट करिब ३१९ किलो चरेश सहित एउटा ट्रक चालकल।ई पक्राउ गरेको हो । धादिङबाट अवैध रुपमा लुकाई छिपाई विरगंज तर्फ जादै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रक सिर्सिया प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चको सँयुक्त टोलीले ३ सय १९ किलो लागु औषध चरेस नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जनाएका छन् । उक्त चरेस सहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ पर्सा प्रहरीले जनाएको छ ।

लागु औषध चरेस सहित पक्राउ परेका स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको ट्रकबाट उक्त चरेस बरामद गरिएको हो ।

पर्सा प्रहरी स्रोतका अनुसार, चरेस भारततर्फ लैजाँदै गरिएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका ट्रकका चालक स्याङ्तानलाई आवशयक कारवाहीका लागि लागूऔषध कसूरमा मुद्दा चलाउन तयारी भईरहेको जिल्ला अदालत पर्सावाट म्याद थप्ने तयारी भई‌रहेको प्रहरीले जनाएको छ।
त्यसै गरी पर्सा प्रहरीले वीरगन्जको अलग अलग ठाउँवाट स्रोत नखुलेको २८ लाख २८ रुपैयाँ सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चका सादा पोसाकमा रहेका प्रहरीले बिरगंजको तिन अलग अलग ठाउँवाट उक्त रकम सहित तिन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका– २ निवासी २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगन्ज– ३ आदर्शटोल निवासी २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका– ४ बस्ने ४४ वर्षीय दिपकप्रसाद सोनार रहेका छन्।

पक्राउ परेका वर्णवालसंग वीरगन्जको मकालु चोकमा कालो ब्यागभित्र लुकाइ छिपाइ राखेको अवस्थामा ९ लाख ४७ हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम डिएसपी किशोर लम्सालले जनाएका छन् ।
त्यसैगरी श्रीवास्तवलाई वीरगन्जको घण्टाघर स्थित लिंकरोडमा रहेको कृषी बिकास बैंक अगाडी कालो ब्यागभित्र लुकाइछिपाइ राखेको अवस्थामा १५ लाख ८१ हजार बरामद गरेको थियो ।

त्यस्तै, वीरगन्ज– १६ रजतजयन्ती चौकवाट ना। १६ प २३२८ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकलमा सवार सोनारबाट तीन लाख बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएकाछन ।

पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं।२४ स्थित विश्वनाथ राउतको घरमा भारतबाट फुड सप्लिमेन्ट औषधीहरू सस्तो मूल्यमा खरिद गरी नेपाल भियाइ उक्त औषधीहरूको बट्टामा आफुखुशी ५ गुणा बढी मूल्यदर मेसिनले प्रिन्टेड छाप लगाइ बिक्री वितरण गरिरहेको सूचनाको आधारमा आइतवार प्रहरीले जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं।२६ बस्ने वर्ष ४२ को जितेन्द्र प्रसाद कुर्मीलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।