मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम : गण्डकीदेखि पश्चिमका केही ठाउँमा पानी पर्दै

आजको मौसम : गण्डकीदेखि पश्चिमका केही ठाउँमा पानी पर्दै

न्यूजस्टोरी

काठमाडौं, १८ असार । यतिबेला गण्डकीदेखि पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । हिजो बेलुकी देशका प्रायः सबैजसो ठाउँमा पानी परे पनि राति पानी पर्ने क्रम केही कम भएको थियो । बेलुका सिन्धुपाल्चोक र दोलखामा ठूलो पानी परेका थियो । तर राति भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मधेसबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।