मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्रोत नखुलेको २८ लाख रकमसहित वीरगन्जको अलग अलग स्थानबाट तीन व्यक्ति पर्सा प्रहरीको नियन्त्रणमा

स्रोत नखुलेको २८ लाख रकमसहित वीरगन्जको अलग अलग स्थानबाट तीन व्यक्ति पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, १७ असार । पर्सा प्रहरीले वीरगन्जको अलग अलग ठाउँवाट स्रोत नखुलेको २८ लाख २८ रुपैयाँ सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चका सादा पोसाकमा रहेका प्रहरीले बिरगंजको तिन अलग अलग ठाउँवाट उक्त रकम सहित तिन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका– २ निवासी २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगन्ज– ३ आदर्शटोल निवासी २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका– ४ बस्ने ४४ वर्षीय दिपकप्रसाद सोनार रहेका छन्।

पक्राउ परेका वर्णवालसंग वीरगन्जको मकालु चोकमा कालो ब्यागभित्र लुकाइ छिपाइ राखेको अवस्थामा ९ लाख ४७ हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम डिएसपी किशोर लम्सालले जनाएका छन् ।
त्यसैगरी श्रीवास्तवलाई वीरगन्जको घण्टाघर स्थित लिंकरोडमा रहेको कृषी बिकास बैंक अगाडी कालो ब्यागभित्र लुकाइछिपाइ राखेको अवस्थामा १५ लाख ८१ हजार बरामद गरेको थियो ।

त्यस्तै वीरगन्ज– १६ रजतजयन्ती चौकवाट ना। १६ प २३२८ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकलमा सवार सोनारबाट तीन लाख बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएकाछन ।

पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।