मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेरामक्स खरिद भ्रष्टाचारमा पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग

टेरामक्स खरिद भ्रष्टाचारमा पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग

न्यूजस्टोरी

काठमाडौं, १६ असार । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स० खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहन बस्नेत २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

हिजो विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई अदालतले धरौटी माग गरेको हो । गएको जेठ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पदबाट निलम्बनमा परेका बस्नेतसँग तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरिएको छ ।

बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको कसूरमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।