मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरमा भारी वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

कञ्चनपुरमा भारी वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

न्यूजस्टोरी

काठमाडौं, १६ असार । कञ्चनपुरमा बिहानैदेखि ठूलो पानी परिरहेको छ । खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्रहरू भई बहने सिहाली, दोदा (मछेली) लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हिजो बेलुकीसम्म धेरै ठाउँमा ठूलो पानी परे पनि राति भने सामान्य वर्षा मात्रै भएको छ । तर पश्चिमी भेगमा आज पनि ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।