मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा आज राति ठूलो पानी पर्न सक्ने सम्भावना

कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा आज राति ठूलो पानी पर्न सक्ने सम्भावना

न्यूजस्टोरी

काठमाडौं, १५ असार । अहिले कोशी, बागमती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा हल्का वर्षा तथा कोशी, लुम्बिनी र गण्डकीका थोरै ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज खोटाङ, दोलखा, कास्की, लमजुङ, प्यूठानमा मध्यमदेखि ठूलो वर्षा भएको छ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको र ती क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेकाले त्यस क्षेत्र भई यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्यूठानको हंशपुर जलमापन केन्द्रका अनुसार पश्चिम राप्ती नदीले सतर्कता तह पार गरेको छ । अर्घाखाँचीको राङसिङ जलमापन केन्द्रले पनि सतर्कता तह पार गरेकोले सतर्कता अपनाउन महाशाले भनेको छ ।