मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको ज्यान गयो

गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको ज्यान गयो

न्यूजस्टोरी

गुल्मी, १३ असार । घाँस काट्ने क्रममा भीरबाट लडेर गुल्मीमा एक जनाको ज्यान गएको छ । मदाने गाउँपालिका–६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गएको गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

मृतक थापाका दुई जना छोरा छन् । उहाँका श्रीमान् रोजगारीका सिलसिलामा दुबईमा हुनुहुन्छ ।