काठमाडौं, १३ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेशसभाका सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । जसपा नेपालले आफ्ना सांसदहरुलाई प्रतिपक्षी बेञ्चमा बस्ने व्यवस्था मिलाउन पनि सभामुखसँग आग्रह गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई जसपा नेपालले एकवर्षदेखि समर्थन दिँदै आएको थियो ।
यसअघि जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिटि बैठकले केपी ओली नेतृत्वको केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो ।


प्रतिक्रिया