मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिबन्धित लागू औषध चरेश सहित एकजना प्रहरी नियन्त्रणमा

प्रतिबन्धित लागू औषध चरेश सहित एकजना प्रहरी नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज १२ असार । पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागू औषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ । वीरगन्जको परवानीपुर सडक खण्डबाट करिब ३१९ किलो चरेश सहित एउटा ट्रक चालकलटई पक्राउ गरेको हो ।

धादिङबाट अवैध रुपमा लुकाई छिपाई विरगंज तर्फ जादै गरेको
प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रक सिर्सिया प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चको सँयुक्त टोलीले ३ सय १९ किलो लागु औषध चरेस नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जनाएका छन् ।
उक्त चरेस सहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ पर्सा प्रहरीले जनाएको छ ।

लागु औषध चरेस सहित पक्राउ परेका स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको ट्रकबाट उक्त चरेस बरामद गरिएको हो ।

पर्सा प्रहरी स्रोतका अनुसार, चरेस भारततर्फ लैजान लागिएको थियो ।

पक्राउ परेका ट्रकका चालक स्याङ्तानलाई  आवशयक कार्यबाहीको लागि लागूऔषध कसूरमा मुद्दा चलाउन तयारी भईरहेको जिल्ला अदालत पर्सावाट म्याद थप्ने तयारी भई‌रहेको प्रहरीले जनाएको छ।