मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानले कतारमा आक्रमण गरेपछि नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

इरानले कतारमा आक्रमण गरेपछि नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

न्यूजस्टोरी

कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि दूतावासले नेपाली नागरिकलाई सतर्क भएर बस्न आग्रह गरेको हो ।

शान्त भएर बस्न र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न दूतावासको आग्रह छ । कतारमा झन्डै साढे तीन लाख नेपाली कार्यरत छन् । अमेरिकी सैन्य अड्डामा इरानले हवाई हमला गरेपछि उनीहरु त्रासमा छन् ।