मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध

प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध

न्यूजस्टोरी

काठमाडौं, ७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरु टेबल ठटाउँदे उठेर बोल्न समय माग गरेका थिए ।

त्यसपछि रास्वापका सांसद सुमना श्रेष्ठले मानव वेचविखनमा संलग्नहरु विरुद्ध कारवाही गर्न सरकारले किन चाहेन भन्दै प्रश्न गरिन् । उनले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताइन् । यस्तै राप्रपाका सांसद रोशन कार्कीले नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिन ।

राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखिन् ।

यहीबीचमा सत्ता पक्षका सांसदहरुले रास्वपा र राप्रपाको सदन अवरोध र यौटै मागबारे आपत्ति जनाए ।

सभामुखले अवरोधकै बीच सदनको बैठक अगाडि बढाए ।