चितवन, ७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् ।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो आपसमा ठोकिएको चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया