मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अतिरिक्त महानिरीक्ष पदमा गणेश ठाडा मगरको बढुवा

अतिरिक्त महानिरीक्ष पदमा गणेश ठाडा मगरको बढुवा

न्यूजस्टोरी

काठमाडौं, ३ असार । सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस बमोजिम ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सशस्त्र प्रहरी बलको नेतृत्वमा एक कुशल र अब्बल ब्यक्तित्वका रुपमा आँफूलाई उभ्याउन सफल गणेश ठाडा मगर सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका हुन् ।

बढुवा समितिको बैठकले रिक्त एक एआईजी पदका लागि ठाडा मगरलाई सिफारिस गरेको थियो । बरियतामा दोस्रो स्थानमा रहेका ठाडा मगरले पहिलो स्थानका कमल गिरीलाई पछि पार्दै एआईजी सिफारिसमा स्थान बनाएका थिए । बढुवाको निर्णयलाई लिएर सत्तारूढ दलभित्रको मतभेदले सुरुवाती दिनमा निकै रस्साकस्सीको अवस्था सिर्जना गरेको थियो ।

मगरको बढुवा सशस्त्र प्रहरी संगठनको निष्ठा, अनुशासन र कार्यदक्षताको कदरको स्पष्ट सन्देश भएको जानकारहरुको बुझाई छ ।