मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा जीप दुर्घटना : दुई जनाको ज्यान गयो

पाल्पामा जीप दुर्घटना : दुई जनाको ज्यान गयो

न्यूजस्टोरी

पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हिजो बेलुका आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगर–११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नामरथर नखुलेका ४५ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

उहाँका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र अर्का एक जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचारकाक्रममा ज्यान गएको हो ।

दुर्घटनामा चालक बुटवल उपमहानगर–११ का ३० वर्षीय राजु खड्का घाइते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन ।