मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलि लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

भोलि लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

न्यूजस्टोरी

काठमाडौं, ३१ जेष्ठ । लुम्बिनी प्रदेश सरकारले भोलि आफूअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकाले असार १ गते आइतवार भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र अनुसार भूम्य पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।