मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजबाट महानगर भित्र बनेका अनधिकृत संरचनाहरू हटाउन थाल्यो :  ललितपुर

आजबाट महानगर भित्र बनेका अनधिकृत संरचनाहरू हटाउन थाल्यो :  ललितपुर

न्यूजस्टोरी

ललितपुर । ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्र बनेका अनधिकृत संरचनाहरू हटाउन थालेको छ ।मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगरप्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

आजबाट यस्ता संरचना हटाउने कार्यलाई महानगरपालिकाले निरन्तरता दिने भएको छ ।  आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थालिएको र भोलिबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने छ ।

यस अघि काठमाडौं महानगरपालिकाले सडक छेउमा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाएको थियो ।