मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेस प्रदेश : नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता

मधेस प्रदेश : नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता

न्यूजस्टोरी

काठमाडौं, २४ जेष्ठ । मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । हिजो प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ ।

‘मधेसले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राख्दै ‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारा दिइएको छ । ‘मधेसको शान, स्थानीय मखान’ नाराको साथमा मखान खेतीको विकास विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै ‘आँपको बगैंचा, मधेसको समृद्धि’ नाराकासाथमा वृहत आँपको क्षेत्र विस्तार गरिने तथा ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ नारामार्फत सिँचाइमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा एक लाख युवालाई रोजगारी दिने उल्लेख छ ।

बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने मधेस सरकारको लक्ष्य छ । यसअघि गण्डकी र कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।