मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरीमा डुबेर झापामा २ जना बालकको ज्यान गयो

पोखरीमा डुबेर झापामा २ जना बालकको ज्यान गयो

न्यूजस्टोरी

झापा, २४ जेष्ठ । अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ । नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

उनीहरु आज बिहान ८ बजे पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्‍याएका थिए । तर, डाक्टरले उनीहरुलाई मृत घोषणा गरेको डीएसपी खड्काले जानकारी दिनुभयो ।