मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचार मुद्दापछि बोले माधव नेपाल : ओली मेरो राजनीति सिध्याउने प्रयास गर्दै छन्

भ्रष्टाचार मुद्दापछि बोले माधव नेपाल : ओली मेरो राजनीति सिध्याउने प्रयास गर्दै छन्

न्यूजस्टोरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री रहिसकेका केपी शर्मा ओली सुरुदेखि नै आफूविरुद्ध लागेको दाबी गरेका छन् ।

रौतहटमा सञ्चारकर्मीसँग बोल्दै नेपालले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि आफूलाई राजनीतिकरूपमा समाप्त पार्ने ओलीको नियत रहेको आरोप लगाए ।

‘सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको हो,’ नेपालले भने, ‘मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत छ । पहिले पनि पटक–पटक प्रयास गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने व्यक्ति हो ।’

पतञ्जलिसँगको जग्गा साटासाटमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि यस्तो प्रतिक्रिया आएको हो ।