मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम निरन्तर घट्दै

सेयर बजारमा आज पनि गिरावट, कारोबार रकम निरन्तर घट्दै

न्यूजस्टोरी

काठमाडौं । नेप्से परिसूचक आजपनि दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३५.७३ अंकले घटेकोमा आज ११ .९७ अंकले घटेर २६४६.९५ विन्दुमा पुगेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ।

आज ३१३ स्क्रिप्सको १ करोड ३७ लाख  ८२ हजार ४६८ कित्ता सेयर ५ अर्ब १६ करोड ३३ लाख  ३४ हजार  ५२२ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार  ६ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको  थियो। त्यसअघि सोमबार  ९ अर्ब बढी मूल्यको सेयर कारोबार भएको थियो।

सेयर बजार दोहोरो अंकले घटेपनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ओम मेघाश्री फर्माक्युटिकल्स र पियोर इनर्जीको सेयर १० प्रतिशतले बढेको हो।

यसैगरी  सुपर माइ हाइड्रोपावरको सेयर ७.३४ प्रतिशतले बढ्दा सनराइज फोकस्ड इक्वीटी फण्डको ४.५२ प्रतिशत बढ्यो। ३६ करोड बढिको सेयर कारोबार  गरी अरुण कावेली पावर शीर्षस्थानमा रह्यो।

राधी विद्युत कम्पनीको २९ करोडको सेयर कारोबार हुँदा नगदी ग्रुपले २२ करोड,युनिभर्सल पावर र बरुण हाइड्रोपावरले २० /२० करोड बढी सेयर कारोबार गरे।

दुई समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक घटेको हो।