धरान । सुनसरीको कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाइराखेको गाँजा बरामद भएको छ । मंगलबार राति तस्करहरूले भारततर्फ लैजानलाई खोलाको बगरमा बालुवाले छोपेर राखेको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख डिएसपी योगराज खतिवडाले जानकारी दिए ।
तस्करहरुले हरिनगर गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा रहेको खोला किनारमा गाँजा राखेको सूचना पाउना साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको ४० जनाको टोलीले खोजतलास गरि एक हजार १२० केजी गाँजा बरामद गरेको डीएसपी खतिवडाले बताए। उक्त गाँजा प्रहरी चौकी घुस्कीमा राखिएको छ । गाँजा राख्ने समूहको पहिचान गरि पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताए।


प्रतिक्रिया