मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

न्यूजस्टोरी

काठमाडौं, १८ जेष्ठ । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशी प्रदेशमा आइपुगेको मनसुन अब केही दिन अघि नबढ्ने देखिएको छ ।

अबको तीन दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभाव पनि घटेर मनसुन कोशी प्रदेशमै स्थिर रहने देखिन्छ ।

मनसुन भित्रिएकै दिन कोशी प्रदेशमा ठूलो पानी पर्दा सडक, जलविद्युतलगायतका संरचनामा क्षति पुगेको थियो ।