मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिबन्धित लागु औषध सहित २ भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

प्रतिबन्धित लागु औषध सहित २ भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज १८ जेष्ठ । बारा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जना भारतीयलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगंज वाराले विषेश सुचनाको आधारमा लागु औषध सहित २ जना र एउता भारतिय नम्वरको गाडी सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी अमलेखगंज बाराबाट प्रहरी वरिष्ठ नायव निरिक्षक धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२९ अमलेखगंजबाट बीरगंजबाट हेटौडा जाँदै जाने गरेको BR01 BU 3485 भारतीय नम्बर प्लेटको कारलाई चेक जाँच गर्दा कारभित्र विभिन्न ठाउँहरूमा लुकाई छिपाई लगी रहेको अवस्थामा प्रतिबन्धित लागू औषध ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल २१,६०० ट्याबलेट, ओनरेक्स सय एमएलको ७६ बोतल बरामद भएको वारा प्रहरीले जनाएको छ ।
लागु औषध सहित पक्राऊ पर्नेमा कार चालक भारत, जिल्ला भैसाली ग्राम हुसेनाराके वडा नं.१२ बहने वर्ष २७ को धिरज कुमार सिंह, गाडीमा सवार मोतिहारी ग्राम कटगेनशा वडा नं।२ बस्ने वर्ष १८ को चन्दन कुमार पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जनाएका छन् ।
लागु औषध सहित पक्राउ परेकाहरुलाई वारा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध कसुरमा मुद्दा चलाउने तयारी भई‌रहेको र सो विषयमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।