मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छत्कुली समाजको चौथो महाधिबेसनबाट भोला छत्कुलीको नेतृत्वमा ९ सदसिय कार्य समिति चयन

छत्कुली समाजको चौथो महाधिबेसनबाट भोला छत्कुलीको नेतृत्वमा ९ सदसिय कार्य समिति चयन

न्यूजस्टोरी

शेखर छत्कुली
काठमाडौँ, १७ जेष्ठ । छत्कुली समाज सँस्थाको चौथो महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ ।

काठमाडौँको बसुन्धरा स्थित होटेल सनराइजमा चौथो महाधिवेशन शनिबार सम्पन भएको हो।

सो महाधिवेशन भेलामा नयाँ कार्य समिति चयनमा केहि समस्या देखिएपनि आन्तरिक छलफल पश्चात सर्वसम्मतीबाट भोला छत्कुलीको अध्यक्षतामा ९ सदसिय कार्य समिति चयन भएको हो ।


छत्कुली समाजको आज चयन भएको नयाँ कार्यसमितिको अध्यक्ष पदमा भोला छत्कुली उपाध्यक्षमा नरेन्द्र छत्कुली महासचिवमा हेमराज छत्कुली सचिवमा जिवन छत्कुली कोषाध्यक्षमा एकराज छत्कुली सदस्यहरुमा शशी छत्कुली, दुर्गा छत्कुली, किरण छत्कुली र नवराज छत्कुली रहेका छन ।

नयाँ कार्य समिति चयन गर्ने क्रममा देश भरिबाटै समेटिने गरि छत्कुली समाजको गठन गरिएको सँस्थाका पुर्व अध्यक्ष डिल्ली प्रसाद छत्कुलीले जानकारी दिए ।

छत्कुली समाजको चौथो महाधिवेशनमा आर्थिक प्रतिवेदन महासचिव हेमराज छत्कुलीले प्रस्तुत गरेका  थिए ।