मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकाका सामान पाइने ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ हुँदै

बालबालिकाका सामान पाइने ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ हुँदै

न्यूजस्टोरी

१६ जेठ, काठमाडौं । बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री एकै ठाउँमा पाइने ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ हुने भएको छ ।

शनिबार काठमाडौंको नयाँ बानेश्वर स्थित मिराज प्लाजाको भुई तल्लामा खुलेको जिरो टु टेन स्टोरको शुभारम्भ हुने भएको हो ।

स्टोरमा भर्खरै जन्मेका शिशुदेखि १० वर्षसम्मका बालबालिकाका लागि लत्ता कपडा, अध्ययन सामग्री, खेलौना तथा खेलकुदका सामग्री र कस्मेटिक पाइने सञ्चालक विष्णु पोखरेलले बताए । त्यस्तै, बेबी क्यारी, विद्युतीय खेलौना गाडी देखि जुत्ता, ब्यागेज लगायतका सामग्री पनि पाइने उनले जानकारी दिए ।