काठमाडौं । सभामुख देवराज घिमिरे र सत्ता तथा प्रतिपक्षी दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ।सभामुखको सचिवालयका अनुसार मंगलबार अपराह्न छलफल भएको हो।
सदनको गतिरोध हटाउने विषयमा छलफल केन्द्रित छ । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । तर कांग्रेस र एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने कुरा राखेका छन् ।
आज मध्याह्न १२ बजे आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर साढे २ बजेसम्मका लागि स्थगित भएको थियो । उक्त समयमा पनि सदन चल्न नसकेपछि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।sawq


प्रतिक्रिया