मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओरालो यात्रातिर सेयर बजार : नेप्से परिसूचक र कारोबार दुवै घट्यो

ओरालो यात्रातिर सेयर बजार : नेप्से परिसूचक र कारोबार दुवै घट्यो

न्यूजस्टोरी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार  ८.५७ अंकले घटेको नेप्से परिसूचक आज ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले  घटेर ४५६.०९ विन्दुमा  अडिएको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। आइतबार ७ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ७ अर्ब ५८ करोड ५० लाख २२ हजार ५९० रुपैयाँको भयो।

यसदिन ३३७ स्क्रिप्सको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर खरिदबिक्री भए। परिसूचक घटेपनि एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर ९.९९ प्रतिशतले बढेको हो। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर ६.१९ प्रतिशतले बढयो। यसदिन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६४ करोड करोडको सेयर कारोबार भयो। यसैगरी नगदी ग्रुपले ५६ करोडको सेयर कारोबार गर्दा युनिर्भसल पावरको ४५ करोड,कुमारी बैंकको २१ करोड र  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९२ स्टक्सको मूल्य बढ्दा १५५ वटाको घट्यो। आज दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ र मनु एण्ड प्रो समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक  नकारात्मक देखिएका हुन्।