मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दियामा हावाहुरीले क्षति : रुख ढल्दा दुई बालक घाइते

बर्दियामा हावाहुरीले क्षति : रुख ढल्दा दुई बालक घाइते

न्यूजस्टोरी

बर्दिया, ११ जेष्ठ । बर्दियाको ठाकुरबाबासहित आसपास क्षेत्रमा हिजो दिउँसोको हावाहुरीले क्षति पुर्‍याएको छ। हावाहुरीले घरमा रुख ढलेपछि ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुर गाउँका दुई जना बालक घाइते भएका छन् ।

नेउलापुर गाउँका रामकुमार थारुको घरमाथि रहेको सालको रुख ढल्दा घर पूर्णरुपमा क्षति भएको छ भने उहाँका छोराहरु ५ वर्षीय आदित्य थारु र १० वर्षीय अमित थारु घाइते भएका स्थानीय बडघर पाँचुराम थारुले जानकारी दिनुभयो ।

घाइते अमितको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ भने आदित्यलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको स्थानीय समाजसेवी अर्जुन शर्माले बताउनुभयो ।