मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

न्यूजस्टोरी

काठमाडौं, ४ जेष्ठ । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे सात किलो सुन बरामद गरेको छ । रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार सुनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शाहीका अनुसार केरुङ हुँदै नेपाल ल्याउन लागेको स्याउ बोक्ने गाडीमा सुन ल्याइएको हो । बा ४ ख ६२०१ नम्बरको गाडी चालक रसुवा गोसाइँकुण्ड गाउँपालिका(५ का किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
सुन धनीको हुन् भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको शाहीले बताए ।