मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हितेन्द्रदेवको प्रष्टोक्ति– प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गएको हो

हितेन्द्रदेवको प्रष्टोक्ति– प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गएको हो

न्यूजस्टोरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको बताएका छन् ।  शुक्रबार स्युचाटारमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडेसेडिङ हुन्छ भन्ने भ्रममा नगर्न आग्रह गरेका हुन् । 

उनले शुक्रबार पिकआवरमा भारतबाट नेपालमा विद्युत आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा केही समय विद्युत आपूर्ति अवरुद्ध भएको स्वीकार गरे । उनले विद्युत प्रणालीमा अचानक समस्या देखिएपछि बिहीबार साँझ झ्यापझ्याप बत्ती गएको बताए ।

कार्यकारी निर्देशक शाक्यले बिहीबार साँझ विद्युत् आपूर्तिमा भएको समस्या पूर्णरूपमा प्राविधिक भएको भन्दै यसलाई ‘लोडसेडिङ’ सँग जोडेर हल्ला फैलाउनु गलत गएको बताए । उनले जलवायु परिवर्तनको कारण विभिन्न स्थानमा आउने हावाहुरी र पानीको कारण आकस्मिक रुपमा प्राविधिक अवरोध हुँदा समस्या भएको दाबी गरे । उनले प्राधिकरणले विद्युत अभावका कारण लोडसेडिङ गर्ने लाग्यो भनेर भ्रममा नगर्न आग्रह गरे ।