मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व पौडेलविरुद्धको रिट सर्वोच्चबाट दरपिठ

विश्व पौडेलविरुद्धको रिट सर्वोच्चबाट दरपिठ

न्यूजस्टोरी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गर्न लागिएको भन्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरेको छ। अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत नियुक्ति हुन लागेको दाबी गर्दै रिट दर्ता गराएका थिए।

तर सर्वोच्च अदालत प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गरेको हो। अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार निवेदनमा गभर्नर सिफारिस समितिले डा.पौडेललाई औपचारिक रूपमा सिफारिस गरेको स्पष्ट प्रमाण नरहेको, पत्रपत्रिकामा आएका समाचारका भरमा रिट पेश गरिएको, र सामूहिक हकअधिकार हननबारे स्पष्ट आधार नदेखिएकाले दरपिठ गरिएको हो।