काठमाडौं । गर्मी लागेसँगै देशभरको तापक्रम बढ्दो क्रममा रहेको छ । आज दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा तापक्रम ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा (सात डिग्रीसम्म) पुग्ने देखिन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही क्षेत्रमा वर्षाको सम्भावना छ।
ताप्लेजुङ, जिरी, पोखरा, जोमसोमलगायत शहरमा भने हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया