मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको विश्वकप यात्रा सुरु गर्दै

नेपालको विश्वकप यात्रा सुरु गर्दै

न्यूजस्टोरी

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले शुक्रवार महिला टि ट्वान्टी विश्वकप २०२६ को छनोट स्वरुप हुने एसिया छनोटको प्रतियोगिता खेल्दैछ ।

थाइल्यान्डमा हुने एसिया छनोटमा नेपालका अलावा आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउँने छ ।

छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा शुक्रवार बिहान ८ः४५ बजे हङकङको सामना गर्दैछ ।

टि ट्वान्टी आईको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई २ खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्द भएको थियो ।

नेपालको समूह चरणका अन्य खेलहरु

बैशाख २७ गते शनिबार १० मे बहराइनविरुद्ध
बैशाख ३० गते मंगलबार १३ मे हङकङविरुद्ध
जेठ १ गते बिहीबार १५ मे बहराइनविरुद्ध

नेपाली टोली

इन्दु वर्मा (कप्तान), पूजा महतो (उप(कप्तान), बिन्दु रावल, राजमती ऐरी, कविता कुँवर, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार, सबनम राई, रिया शर्मा, रुबिना छेत्री, सम्झना खड्का, रोमा थापा, ईश्वरी बिस्ट