मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

न्यूजस्टोरी

काठमाडौं, २४ बैशाख । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि देशका धेरै ठाउँको मौसम बदली छ । मौसम आंशिकदेखी साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौ उपत्यकामा घाम लागेको छ । तर दिउँसो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

महाशाखाका अनुसार हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । यस्तै मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वर्षा, हावाहुरी र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यी सम्भावित असरबाट जोगिन आवश्यक तयारी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसमविद् महर्जनका अनुसार भोलिदेखि मौसममा सुधार आउने सम्भावना छ ।