मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड भन्छन्–चलाउन चाहे ३२ सिटे जादू चल्छ, हाम्रो ध्यान त्यतातिर छैन 

प्रचण्ड भन्छन्–चलाउन चाहे ३२ सिटे जादू चल्छ, हाम्रो ध्यान त्यतातिर छैन 

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चलाउन चाहे ३२ सिटे जादू चल्ने बताएका छन् । आज (सोमबार) बसेको संसद बैठकपछि बाहिरिएका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले यसअघि नयाँ सरकार बन्ने बताएका थिए । त्यही प्रश्न दोहोर्‍याउँदा उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन, हाम्रो ध्यान जनतामै छ ।’ अहिले कांग्रेसलाई फकाउनतिर नलागेको पनि उनले बताए । चलाउन चाहे ३२ सिटे जादूू चल्ने उल्लेख गर्दै उनले भने, ‘हामी जनता केन्द्रित हुन्छौं ।’ उनले आफ्नै बोझले सरकार ढल्ने दोहो¥याएका छन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम झारा टार्ने खालको मात्रै भएको टिप्पणी गरे ।