मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

न्यूजस्टोरी

काठमाडौं, २२ बैशाख । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर गरेको छ ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

पौडेललाई अदालतले १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार पाँच सय ८० रुपैयाँ बिगो बराबरको जरीवाना गर्न फैसला गरेको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाइएको छ ।

त्यसैगरी मेशिन खरिदका लागि ठेक्का पाएका म्याक्स इन्टरनेशनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई पनि विशेषले दोषी ठहर गर्दै जरीवाना गरेको छ ।

मतियार भई काम गरेको भन्दै कम्पनीका सीईओ हुसेनलाई डेढ वर्ष कैद सजाय तथा दामासाहीले हुने १३ करोड ५८ लाख ५२ हजार ६ सय ८० रुपैयाँ जरीवाना गरी बिगो रकम प्रतिवादीबाट असुल उपर गर्न फैसलामा भनिएको छ ।

साथै अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम प्रतिवादीहरु विकल पौडेल, म्याक्स इन्टरनेशनल प्रालि र अकबर हुसेनले जनही ५४ लाख ३४ हजार एक सय ३ रुपैयाँ क्षतिपूर्ति शुल्क बापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ ।

अन्य प्रतिवादीहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापाले भने यो मुद्दामा सफाइ पाएका छन् ।