मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी अलौबाट ४९ लाख बराबरको सामान नियन्त्रणमा : ७ लाख मुल्य बराबरको कुखुराको चल्ला र माछा नष्ट

सशस्त्र प्रहरी अलौबाट ४९ लाख बराबरको सामान नियन्त्रणमा : ७ लाख मुल्य बराबरको कुखुराको चल्ला र माछा नष्ट

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज २० वैशाख ।सशस्त्र प्रहरी बल पर्साले ४९ लाख रुपैयाँ मुल्य बराबरको अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ भने ७ लाख रुपैयाँ मुल्य बराबरको सामानहरु नषट गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले १ महिना ११ दिनमा उक्त मुल्य बराबरको अवैध लता कपडा किराना सामान सहित पक्राउ गरी नियन्त्रणमा लिएको हो भने करिव ७ लाख रुपैयाँ मुल्य बराबरको अवैध सामान नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले पर्साको आईसिपी अलौ तिलावेपुल अमरपटी झौवा प्रसौनी लगाएतका नाकाहरुबाट करिव ४९ लाख रुपैयाँ मुल्य बराबरको अवैध भन्सार छलेर नेपाल भित्र्याउदै गरेको लता कपडा अटो टेम्पो मोटर साइकल सहित किराना सामान हार्डवेयर मकै कस्मेटिक सामान बिजुलीको सामान नियन्त्रणमा लिएको छ भने ७ लाख रुपैयाँ मुल्य बराबरको माछा बवाईलर कुखुराको चल्ला माछा तयारी मासु लगायतको अवैध भारतिय सामानहरु नष्ट गरेको सशस्त्र प्रहरी अलौका सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण सिह पुजाराले बताएकाछन्।


सशस्त्र प्रहरीले १ महिना ११ दिनमा उक्त अवैध ४९ लाख रुपैयाँ मुल्य बराबरको सामान पक्राउ गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ भने ७ लाख मुल्य बराबरको अवैध भारतिय बवाईलर कुखुराको चल्ला कुखुरा माछा बवाईलर कुखुराको सेतो अन्डा तयारी कुखुराको मासु लगायतका सामानहरु सशस्त्र प्रहरी अलौ गुल्म भित्र जन प्रतिनिधि स्थानिय नेपाल पुलिस कवारनटाईन सन्चारकर्मी लगाएतका रोहवरमा खाल्टोमा गाडेर नष्ट गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक पुजाराले जनाएका छन्।