मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीबाट बैतडी जाँदै गरेको हाइस दुर्घटना, एकको मृत्यु,६ घाइते

धनगढीबाट बैतडी जाँदै गरेको हाइस दुर्घटना, एकको मृत्यु,६ घाइते

न्यूजस्टोरी

डोटी । डोटीमा बिद्युतीय हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मंगलबार राति करिब ११ :३० बजेतिर जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा  दुर्घटनामा भएको हो ।

कैलालीको धनगढीबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको सु.प.प्र ०२००१ ज ०५६७ नम्बरको विद्युतीय हाइस अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल खस्दा एकजनाको मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका–४ का ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु्र्‍याइएको थियो । उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेहरूमा बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धिरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय राम बहादुर नेगी, ६५ वर्षीया धना नेगी रहेका छन् । त्यसैगरी हाइस चालक बैतडी पुर्चौडी नगरपालिकाका करिब २४ वर्षीय अशोक बम पनि गम्भीर घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button