मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षक आन्दोलन निरन्तर,आज पनि निषेधित क्षेत्र तोड्ने प्रयास

शिक्षक आन्दोलन निरन्तर,आज पनि निषेधित क्षेत्र तोड्ने प्रयास

न्यूजस्टोरी

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले आन्दोलन जारी राखेको हो ।

सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो । विभिन्न चरणमा वार्ता हुँदा पनि शिक्षक र सरकारबीच सहमति हुन सकेको छैन।

काठमाडौंको बिजुलीबजारमा आन्दोलनका लागि आएका शिक्षकहरूले शिक्षकको माग पूरा गर,विद्यालय शिक्षा ऐन जारी गरलगायतका नारा लगाएका छन् । प्रदर्शनमा उत्रिएका शिक्षकले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्। उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले रोकेको छ । गत चैत्र २० गतेदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।