मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्याङ लागेर सङ्खुवासभामा १७ वटा भैँसी मरे

चट्याङ लागेर सङ्खुवासभामा १७ वटा भैँसी मरे

न्यूजस्टोरी

सङ्खुवासभा, १५ बैशाख । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ को कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेका प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । चट्याङ लागेर भैँसी मर्दा १० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर दूरीमा पर्दछ ।