शेखर छत्कुली
वीरगन्ज १४ वैशाख । सशस्त्र प्रहरी बल, पर्साले करिव ६ लाख रुपैयाँ मुल्य बराबरको अवैध भन्सार छलेर नेपाल भित्र्याउदै गरेको लता कपडा सहित अटो नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले अटोसहित करिब ६ लाख रुपैयाँ बराबरको लता कपडा बरामद नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक डिएसपी कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त भन्सार छलिका लता कपडा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी गुल्म अलौले सुचनाको आधारमा पर्साको अमरपटीबाट सिमा नाका नजिकै केही व्यक्ति भन्सार छलेर कपडा भारतवाट नेपाल भित्र्याउदै गरेको तस्करीको सामान तस्करहरूले सशस्त्र प्रहरीलाई देखेपछी अटो र कपडा छाडेर तसकरहरु फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराले जनाएका छन्।

सशस्त्र प्रहरीले बरामद गरेको लता कपडा र अटो आवश्यक कारबाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको डिएसपी पुजाराले बताएकाछन् ।


प्रतिक्रिया