मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी: तीन करोड बढी क्षति, आकस्मिक बाहेकका सेवा दुई दिन बन्द

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी: तीन करोड बढी क्षति, आकस्मिक बाहेकका सेवा दुई दिन बन्द

न्यूजस्टोरी

काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिवार आगलागी भएको छ।  आगलागी भएकाले आइतबार र सोमबार (आज र भोलि) आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । स्टोरमा राखिएको फ्रिजको तार सट भएर बिहान साढे दश बजे आगलागी भएको हो।

आगलागीबाट ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसीलगायतका ठाउँमा क्षति पुगेको र झन्डै तीनदेखि चार करोडसम्मको क्षति भएको भेरी अस्पतालका कार्यालय प्रमुख डा. निराजन सुवेदीले प्रशासनलाई बताए ।

उनका अनुसार हरेक दिन खपत हुने सामान राखिएकै स्टोरमा आगलागी भएको हो । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अस्पताल कर्मचारी, स्थानीयहरूले एक घण्टामा आगो नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ।