मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

औषधि सहित मोटर साईकल अटो र एक युवा प्रहरी नियन्त्रणमा

औषधि सहित मोटर साईकल अटो र एक युवा प्रहरी नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज १२ बैशाख । सशस्त्र प्रहरी बल पर्साले औषधी Multivitamin & Multiminerals औषधि मोटरसाइकल अटो सहित १ जनालाई नियन्त्रणमा लिएको छ छ।सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा रहेको टोलीले उक्त औषधि सहित मोटर साईकल अटो सहित एक युवालाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा स्थित वीरगञ्ज पाठशाला अगाडिको सडकमा खटिगएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ अवैधरुपले भन्सार छलि गरि भित्र्याएको ना २ स १०१७ नम्वरको अटोमा लोड गरि वीरगन्ज तर्फ ल्याउदै गरेको औषधी पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम प्रबक्ता देबेन्द्र सिंहले बताएका छन।

सशस्त्र प्रहरीले पक्राउ गरेको उक्त १० वटा कार्टूनहरुमा प्याक गरिएकाLycopene with Multivitamin & Multiminerals CapsuleNUTRI-CURE Capsule – ४८० डब्बा (४,८०० पत्ता) करिब ९ लाख ६० हजार रुपैया र एक थान अटो २ थान मोटरसाइकलको मुल्य गरी छ लाख रुपैया गरी जम्मा १५ लाख ६० हजार बराबरको सामान पक्राउ गरेको छ ।
उक्त सामान सहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सिया गाउँका ३६ वर्षीय अमृत साह रहेको सशस्त्र प्रहरी बल १३ नम्वर गण वीरगंज पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र सिंहले जनाएकाछन ।

पक्राउ परेका साह अटो मोटरसाइकललाई आवशयक कार्यबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरिक्षक सिंहले बताए ।