मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न सर्वोच्चको आदेश

अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न सर्वोच्चको आदेश

न्यूजस्टोरी

काठमाडौं, १२ बैशाख । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न आदेश दिएको छ ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अमेरिका जानुअघि उनीहरु झापाको बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएकाले ती शिविर वा अरु कुनै उपयुक्त ठाउँ तोकी स्थानान्तरण गर्न आदेश दिएको हो ।

अमेरिकाले गएको चैत ११ गते १८ भुटानी शरणार्थीलाई डिपोर्ट गरेको थियो । चार जना डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा भुटानले देश निकाला गरेको थियो ।

उनीहरुलाई अध्यागमन कार्यालय काकडभिट्टाले पक्राउ गरेर इलाका प्रहरी कार्यालयमा हिरासतमा पठाएको थियो ।

अध्यागमनले उनीहरुलाई बन्दीगृहमा राख्नुपर्ने भनेकोमा त्यो कानूनी व्यवस्थाको गलत अर्थ गरिएको सर्वोच्चको ठहर छ ।

सर्वोच्चले उनीहरुविरुद्ध कानून बमोजिम अनुसन्धान कार्य गर्न आवश्यक देखिएमा ६० दिनभित्र अनुसन्धान सक्न पनि आदेश दिएको छ ।