मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराई मधेशका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नाघ्यो

तराई मधेशका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नाघ्यो

न्यूजस्टोरी

काठमाडौं, १० बैशाख । तराई मधेशका जिल्लामा आज पनि गर्मी उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कानुसार आज रौतहटको गौरसहित केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

तराई मधेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस आसपास वा त्योभन्दा माथि पुगेको छ । अधिकतम तापक्रम बढेसँगै तराई मधेशका धेरै ठाउँमा तातो हावा चलेको स्थानीय बासिन्दाले बताएका छन् ।

काठमाण्डौको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपास पुगेको छ । काठमाण्डौ उपत्यकासहित मध्यपहाडका धेरै ठाउँमा पनि तापक्रम उच्च भएको छ ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका जिल्लामा केही दिनयता तापक्रम बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । तापक्रम बढेसँगै मौसम पूर्वानुमान महाशाखाले पनि सतर्कता अपनाउन आग्रह गरेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

कुनै मनसुन प्रणाली सक्रिय नरहेको, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव मात्रै देखिएकाले तापक्रम यथावत् रहने र अझै बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ । केही समय पानी नपरे तातो लहर अर्थात् ुहिट वेभु को सम्भावनासमेत रहनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

प्राधिकरणले चर्को घामबाट बच्नका लागि दिउँसोको समयमा बाहिर ननिस्कन, गर्मी बढाउने खानेकुरा नखान, शीतलमा बस्न र बाहिर निस्कनु परे पातलो कपडा लगाउन अनुरोध गरेको छ ।