मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड सञ्चालन

सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड सञ्चालन

न्यूजस्टोरी

काठमाडौं, १० बैशाख । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड बिहान ५ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

हिजो नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसेपछि गाडी र यात्रु रोकिएका थिए ।

प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि पहिरो पन्छाएर हिजो केही समय एकतर्फी सञ्चालन गरिएको थियो । अहिले त्यस क्षेत्रमा गाडीको आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ ।

दाउन्ने क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । अहिले दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।