मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँवर्षको पहिलो हप्ता मै नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद

नयाँवर्षको पहिलो हप्ता मै नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद

न्यूजस्टोरी

नेपालगन्ज, ६ बैशाख । बाँके प्रहरीले चैत्र महिनामा मात्र १२८ ग्राम ब्राउन सुगर बरामद गरेको तथ्याङ्क सार्वजनिक गरेको १ साता पूरा नहुँदै प्रहरीलु ठूलो मात्रामा ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतको रुपैडिहाबाट पैदल नेपालगन्ज तर्फ आइरहेका जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय प्रवेश सुनारलाई प्रहरीले जमुनाहा नाकाबाट ३३ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । सुनारले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पैदल आइरहेका सुनारको गतिबिधिबाट शंका लागेर जाँच गर्दा सुनारको साथबाट ब्राउनसुगर फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए । ठुलो परिमाणको ब्राउनसुगर उनले बिक्री गर्न ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । सुनारको बयानका आधारमा थप लागु औषध कारोबारमा संलग्नहरुको खोजी तिब्र पारिएको डिएसपी पतालीले बताए ।
सीमावर्ती भारतीय बजारबाट बाँकेलगायत छिमेकी जिल्लाका युवाले नेपालगन्ज नाका हुँदै लागु औषध नेपाल भित्राउने र नेपालगन्ज हुँदै देशका विभिन्न शहरमा पुग्ने गरेको छ । प्रहरीले हरेकपटक लागु औषध ओसारपसार गर्ने भरियालाई पक्राउ गरेपनि कारोबारमा संलग्न गिरोहलाई भने पक्राउ गर्न सकेको छैन ।