चितवन, ५ बैशाख । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ।
हालै ६ लेनमा विस्तारित गरिएको पुल्चोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
तेस्रो पटक प्रधानमन्त्री हुदाँ ओलीले २०७७ माघ १७ मा यो सडकको शिलन्यास गरेका थिए ।
१ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५।५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।
६ किलोमिटर लामो ६ लेनको उक्त सडक एसियाली मापदण्डको छ।


प्रतिक्रिया