मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार ढल्ने हल्लाको पछाडि लाग्नु पर्दैन : प्रधानमन्त्री

सरकार ढल्ने हल्लाको पछाडि लाग्नु पर्दैन : प्रधानमन्त्री

न्यूजस्टोरी

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन्। आज चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै प्रधानमन्त्रीले सरकार ढल्छ भन्ने हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् । नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनु पर्ने उनको भनाइ छ ।

उनले कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए। ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नु पर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनु पर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’